नियम ३९
सञ्चित बिदाको रकम पाउने
(१) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएकोमा बाहेक अन्य कुनै कारणले प्रहरी कर्मचारी सेवाबाट अलग भएमा निजको सञ्चित घर बिदा र बिरामी बिदा वापत निज पदाधिकार रहेको पदबाट खाईपाई आएको तलबको दरले हुन आउने रकम निजले एकमुष्ट लिन पाउने छ ।
(२) सञ्चित रहेको बिदाको रकम लिन नपाउदै कुनै प्रहरी कर्मचारीको मृत्यु भएमा त्यस्तो सञ्चित बिदाको रकम नियम ७७ को उपनियम (१) बमोजिम उपदान वा निवृत्तिभरण पाउने ठहरिएको व्यक्तिले लिन पाउनेछ ।